काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधवार नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको हो ।
मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो।
बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ६९ करोड १९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि ३ अर्ब माथिको कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४२ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन।
नेप्सेका अनुसार बुधवार कुनै पनि कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि भएको छैन । त्यसै गरी कुनै कम्पनीको शेयरमा उच्च गिरावट समेत छैन। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ११ करोड २८ लाख ६७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।
यस दिन तेह्रथुम पावर कम्पनी र धौलागिरी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी बढेको छ। पछिल्लो १० कारोबार दिनदेखि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको आदर्श लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ५.१४ प्रतिशत घटेको छ। लघुवित्तले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेसँगै शेयरमूल्यम घट्न पुगेको हो। त्यसैगरी, यस दिन पोखरा फाइनान्सको शेयरमूल्य यस दिन करिब ५ प्रतिशत घटेको छ।