राष्ट्र बैंकको नियम नमान्ने नौ बैंक परे राष्ट्र बैंकको कारवाहीमा, ४ वटा बैंकलाई ५०–५० लाख नगद जरिवाना

  Sampatti News Online

February 8, 2023

काठमाडौं । नेपालको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले ९ वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ ।

जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन ।

नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन नमानेको, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई नियम विपरित सेवा सुविधा दिएको, नियम विपरित प्रिमियम बढाएको, पुँजी पर्याप्तता ढाँचा अनुसारको विवरण नबुझाएकोलगायतका कसुरमा कारवाही गरेको हो।

यस्तै पुँजी पर्याप्तता ढाँचा अनुसार पुँजी कोषको यथार्थ विवरण रिर्पोटिङ नगरेको भन्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको छ । भने खाता रोक्का राख्न निर्देशन दिँदा पनि नयाँ खाता खोलेको भन्दै नबिल बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको नियम विपरित प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा दिएको भन्दै सानिमा बैंकलाई पनि सचेत गराएको छ ।

यस्तै, नियम बिपरित बढी प्रिमियम लिएकोले नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि राष्ट्र बैंकले सचेत गराएको छ । प्रभु बैंकलाई भने कर्जा सूचना तथा कालोसूची सम्बन्धी नीतिमा भएको व्यवस्था पालना नगरेको भन्दै सचेत गराएको छ।

प्रकाशित मिति:February 8, 2023