उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

  Sampatti News Online

February 12, 2023

काठमाडौँ ।

सत्ता साझेदार दलहरूको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज (आइतबार) बिहान ९बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए।

गत शुक्रबार पनि संयन्त्रको बैठक बसेको थियो।

बैठकमा राष्ट्रपति, उपराष्ट्रपति र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। रास्वपा सरकारबाट बाहिरिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बताइएको छ।

निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन मिति तोकिसकेको छ। सत्ता साझेदार दलहरू राष्ट्रपतिको उम्मेदवारलाई लिएर एकमत हुन सकेका छैनन्।

नेकपा एमालेले राष्ट्रपतिमा दाबी गर्दै आइरहेको छ। राष्ट्रपतिलाई लिएर सत्तारूढ दलहरूबीच किचलो बढेको छ।

प्रकाशित मिति:February 12, 2023