जीप दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

  Sampatti News Online

February 13, 2023

काठमाडौँ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मध्य पहाडी लोक मार्गको कुश्मा–बागलुङ सडकबाट खुर्कोटतर्फ उक्लिँदै गरेको ध१ज ११२३ नम्बरको मिनि भ्यान उकालो सडकमा गए राती दुर्घटना हुँदा ४० वर्षीय चालक बालकृष्ण पौडेलको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई पर्वत जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पनि पोष्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

दुर्घटनामा खुर्कोटकै मनीषा दर्जी, सजिना विक र मुकुन्द पौडेल घाइते भएका छन्। उनीहरूलाई पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार उकालो बाटोमा ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:February 13, 2023