अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्न थाल्यो

Nepal Cover
१ फाल्गुन २०७९, सोमबार
image

एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८६ डलरभन्दा माथि पुगेको छ । कच्चा तेलको भाउ बढेसँगै पेट्रोल र डिजेलको मूल्य घट्ने सम्भावना अहिले छैन । भारतीय बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ ।

गएका साता अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको भाउ फेरि प्रति ब्यारेल ८० डलर थियो । अघिल्लो साता अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको थियो । ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८० डलरभन्दा तल थियो ।