सरकार र यातायात व्यवसायीबीच वार्ता जारी

  Sampatti News Online

February 14, 2023

काठमाडौं ।   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडतालपछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अवस्थामा छन् ।

काठमाडौं उपत्यकामा आन्दोलनरत यातायात मजदुरले आज आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

बिहानैदेखि काठमाडौंका विभिन्न रुटमा चल्ने सार्वजनिक यातायातका सवारी साधन न्यून संख्यामा चलेका छन् । केही बस, माइक्रो बस र ट्याक्सीहरु चले पनि सामान्य अवस्थाको संख्यामा सार्वजनिक यातायात नचल्दा यात्रुले भने सास्ती भोग्नु परेको छ ।

प्रकाशित मिति:February 14, 2023