नागरिक लगानी कोषको ७५ हजार कित्ता शेयर विक्रीमा

  Sampatti News Online

February 14, 2023

काठमाडौं । नागरिक लगानीकोषको ७५ हजार कित्ता संस्थापक शेयर फागुन २ गतेदेखि विक्रीमा ल्याएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर फागुन १० गतेसम्मका लागि विक्रीमा ल्याएको हो । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. ७४३ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शिलबन्दी खाम वाहिर सिटिजन इन्भेष्टमेन्ट ट्रष्ट उल्लेख गरेको हुनुपर्नेछ । 

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआईसी एशिया बैंक लिमिटेडको कर्पोरेटकार्यालय थापाथली, काठमाडौं र विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । यो शेयर प्राप्त गर्ने लगानीकर्ताहरूले फागुन २ गतेपछि कोषद्वारा प्रस्ताव गरिने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कोषले दिएको छ ।

प्रकाशित मिति:February 14, 2023