अतिक्रमित संरचना सात दिनभित्र हटाउन वीरगञ्ज महानगरको आग्रह

  Sampatti News Online

February 15, 2023

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सातदिने सूचना जारी गरेको हो । महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना सात दिनभित्र हटाउन सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ ।

यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ । महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

प्रकाशित मिति:February 15, 2023