नेप्से परिसूचकसँगै कारोबार रकममा भारी गिरावट

  Sampatti News Online

February 15, 2023

काठमाडौं । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर दुई हजार ९१ दशमलव ५६ विन्दुमा बन्द भएको हो । मंगलबार पनि नेप्से १६.४० अंकले घटेर दुई हजार एक सय ५ दशमलव ४६ विन्दुमा बन्द भएको थियो । 

त्यस्तै, आज नेप्से घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा एक अर्ब ७३ करोड २५ लाख बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको थियो । 

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ३७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा सबैभनदा बढी वृद्धि भएको छ । आज युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य ८.५४ प्रतिशतले बढेर प्रतिकित्ता २२ हजार रुपैयाँ पुगेको हो ।  

आज गरिमा डिभेञ्चर २०८५ को शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यसको आज ६ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।                      

प्रकाशित मिति:February 15, 2023