इन्टरनेटको तार तत्काल नकाट्न उच्च अदालतको अल्पकालीन आदेश

  Sampatti News Online

February 16, 2023

काठमाडौँ । उच्च अदालत पाटनले इन्टरनेट सेवाको तार काट्ने काम तत्काल नगर्नरनगराउन अल्पकालीन आदेश जारी गरेको छ।

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) ले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा बिहीबार न्यायाधीश दिपेन्द्र बहादुर बमको इजलासले उक्त आदेश जारी गरेको हो।

अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई फागुन १६ गतेको पेशी तोकिएको छ।

‘साथै सो अवधिसम्म विपक्षी नेपाल विद्युत् प्राधिकरणद्वारा प्रकाशित मिति २०७९।०८।०६ को सूचना बमोजिम निवेदकहरूबाट दिइँदै आएको इन्टरनेट सेवाको तार काट्ने वा इन्टरनेट सेवा अवरुद्ध गर्ने जस्ता कार्य तत्काल नगर्नूरनगराउनू भनी विपक्षीहरूको नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ। ।

प्रकाशित मिति:February 16, 2023