आप्रवासी नेपालीहरुको हकहीतमा लागिरहेका छौ: सचिब अर्याल

  Sampatti News Online

February 16, 2023

दुबई। संयुक्त अरब इमिरेट्स सरकारको निमन्त्रणामा दुबईमा ९० भन्दा बढी देशहरू, २५ भन्दा बढी देशका राष्ट्र प्रमुख/ सरकार प्रमुखहरूको सहभागितामा १२ देखि १५ फेब्रुअरी, २०२३ सम्म आयोजना भइरहेको The World Government Summit मा नेपाल सरकारको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्वमा नेपाली राजदुतावास, संयुक्त अरब इमिरेट्सका महामहिम राजदुत कृष्ण प्रसाद ढकाल र मन्त्रालयका उपसचिव कविराज उप्रेतीले सहभागिता जनाउनु भएको छ । उक्त सम्मेलन दिगो विकास, सेवा प्रवाहमा नविनतम प्रयोग, Digitalization, Labour Market, जलवायु परिवर्तन लगायत विषयहरूको अनुभव आदान-प्रदानमा केन्द्रित रहेको छ। यसै सन्दर्भमा मध्य एशियाली देशहरूमा केन्द्रित रहेर श्रम बजारको अवस्था तथा श्रमिकका हकहितका सम्बन्धमा देशहरूको समूहगत छलफलमा भाग लिँदै नेपालका तर्फबाट मन्त्रालयका सचिव अर्यालले आप्रवासी नेपालीहरूको हकहित संरक्षणमा आफुहरु लागिरहेको बताउदै नेपालले हालै वैदेशिक रोजगारका क्षेत्रको सेवा प्रवाहमा गरेको प्रविधिको प्रयोग, सामाजिक सुरक्षामा सबै नेपाली श्रमिकहरूको आबद्धता, Fair and Ethical Recruitment (न्यायोचित भर्ना) जस्ता विषयको चर्चा गर्दै भर्ना प्रक्रियामा देखिएका अनियमितता हटाउने, नेपाली श्रमिकहरूको सामाजिक सुरक्षाका विविध विषयहरूमा गन्तव्य मुलुकका सरकारहरूले ध्यान दिनु पर्ने विषय तथा व्यावसायिक तालिमका सन्दर्भमा आफ्नो धारणा जोडदार रूपमा राख्नु भयो । उक्त summit मा संयुक्त अरब इमिरेट्सका मानव संशाधन मन्त्री डा. Abdulrahman Al Awar, कतार सरकारका मानव संशाधन मन्त्री र सचिव, ILO का महानिर्देशक Gilbert Houngbo सँग समेत भेट गर्नु भएको थियो। सगै स्रोत मुलुकहरूबीच श्रमिकहरूका समस्याका विषयमा साझा धारणा निर्माण गर्न बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनामका श्रम मन्त्रीहरू र नेपाल सरकारका सचिवबीच बैठक भएको थियो। उक्त सम्मेलन ४ दिन सम्म चल्ने मन्त्रालयले बताएको छ।

प्रकाशित मिति:February 16, 2023