फेरि घट्यो सुनको मूल्य, के कतिमा कारोबार ?

  Sampatti News Online

February 17, 2023

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो बिहिबार छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रकाशित मिति:February 17, 2023