अब नेपाल वायुसेवा निगमको टिकट काउन्टर बेलुकी ७ बजेसम्म खुल्ने (सूचनासहित)

  Sampatti News Online

February 17, 2023

काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रुहरूको सुविधालाई ध्यानमा राखेर आज (फागुन ५ गते) देखि अन्तर्राष्ट्रिय टिकट बिक्री कक्ष साँझ ७ बजेसम्म खुल्ला गर्ने भएको छ ।

निगमले बिहीबार सूचना जारी गर्दै टिकट काउन्टर बिहान ९ बजे देखि बेलुका ७ बजे सम्म खुल्ला रहने व्यवस्था गरेको जानकारी गराएको छ ।

साथै शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन पनि बिहान १० बजे देखि बेलुका ५ बजेसम्म बिक्री कक्ष खुल्ला रहने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति:February 17, 2023