नागरिक उन्मुक्तिका सांसद चौधरी जेलमुक्त

  Sampatti News Online

February 19, 2023

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका सांसद अरुण चौधरी रिहा भएका छन् । जिल्ला कारागार कैलालीमा रहेका उनी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै आज रिहा भएका हुन् ।

नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा अबीर र खादा लगाइदिएर उनको स्वागत गरेका थिए । चौधरी कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

उनलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो। तर, कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति:February 19, 2023