जसपाको बैठक सुरु

  Sampatti News Online

February 19, 2023

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । अढाई घण्टा ढिलो सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवकाे कार्यकक्षमा बसिरहेको छ । बिहान ११ वजेदेखि बैठक बस्ने तय भएको थियो । नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको जसपाले जनाएको छ ।

बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति:February 19, 2023