भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नयाँ मन्त्री आए सगै एकै पटक २० सहसचिवको सरुवा गरेको छ ।सरुवालाई नजिक बाट नियाल्नेहरुले सरुवा काखा र पाखा को निति ले भएको आरोप छ।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रिस्तरीय निर्णय गर्दै एकै पटक २० जना सहसचिव रा. प. प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा गरेका हुन । जसअनुसार सडक विभागका महानिर्देशक अर्जुनजंग थापा मन्त्रालयमा तानिएका छन् ।
उनका ठाउँमा एडिबी आयोजना निर्देशनालमा रहेका सुशीलबाबु ढकाललाई खटाइएको छ । यस्तै अजयकुमार मुललाई मन्त्रालयबाट गुणस्तर,अनुसन्धान तथा विकास केन्द्रको निर्देशकको रुपमा सरुवा गरिएको छ ।
सरुवामा परेका अन्य कर्मचारीमा विनोद कुमार मौवारलाई जलमार्ग आयोजनामा खटाइएको छ । यस्तै अर्जुन प्रसाद अर्याललाई संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय,काठमाडौंमा पठाइएको छ ।
सूचीहरु:-

