माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

  Sampatti News Online

February 20, 2023

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज (सोमबार) दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ । फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।

एमालेले पुस १० गतेको सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन गर्नुपर्ने बताउँदै आएको छ। यता विश्वासको मत लिँदा कांग्रेसले पनि साथ दिएकाले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने माओवादीले अडान लिएको छ।

प्रकाशित मिति:February 20, 2023