३१ करोड थान नोट छाप्न ६२ करोड खर्च (सूचनासहित)

  Sampatti News Online

February 20, 2023

राष्ट्र बैंकले २० रुपियाँ दरका ३१ करोड थान नोट छाप्न लागेको हो । त्यसका लागि नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेशनलाई दिने उल्लेख गरेको हो ।

नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार, ४६ लाख ९८ हजार ६ सय ८५ अमेरिकी डलर अर्थात ६२ करोड १६लाख ३६ हजार २५ दशमलव ५ रुपियाँको लागतमा नोट छाप्ने ठेक्का उक्त कम्पनीलाई दिने भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक नरेश शाक्यले जनाएका छन् ।

प्रकाशित मिति:February 20, 2023