कृषि विकास बैंकका नव नियुक्त सिईओ गुरुङले सम्हाले कार्यभार

  Sampatti News Online

February 21, 2023

काठमाडौं । कृषि विकास बैंकका नव नियुक्त सिईओ गोबिन्द गुरुङले पदभार ग्रहण गरेका छन् । उनले बैंक सञ्चालक समितिको कार्यवाहक अध्यक्ष तथा सिईओ छनौट समितिका संयोजक सुमन दाहालबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् । गुरुङलाई शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले सिईओ नियुक्त गरेको थियो । उनले आगामी चार वर्षसम्म बैंकको व्यवस्थापकिय नेतृत्व सम्हाल्नेछन् ।

२२ जना आवेदकमध्ये टप पाँचमा समावेश हुँदै गुरुङ सिईओ बनेका हुन् । छनोट समितिले सिफारिस गरेका तीन जनामध्येबाट सञ्चालक समितिले गुरुङलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको हो । नवनियुक्त सीईओ गुरुङसँग देश तथा विदेशका बैंकङमा २६ वर्ष काम गरेको अनुभव रहेको छ ।

उनी यसअघि म्यान्माको म्यान्मा सिटिजन्स बैंकको प्रमुख कार्यकारीको भूमिकामा रहेका थिए । विदेशी बैंकको सिइओ बन्ने गुरुङ नै पहिलो नेपाली नागरिक हुन् । यसअघि उनी सिभिल बैंकको सिइओसमेत थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए ।

प्रकाशित मिति:February 21, 2023