३३.५७ अंकले बढ्यो नेप्से

  Sampatti News Online

February 22, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार दोहोरो अंकले बढेको छ ।  आज पनि नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको हो ।  त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.८० अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक बढेको छ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब ८० करोड ३२ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १६५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ४९ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

निरन्तर पाँच कारोबार दिन ओरालो लागेको नेप्से बुधबार भने बढेर बन्द भएको छ। पछिल्लो पाँच कारोबार दिनमा नेप्से परिसूचक १३५.८२ अंक घटेको थियो।

यस दिन २६९ स्टकको ३९ हजार ९९६ पटकको कारोबारमा १ अर्ब ८० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १३ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन जीवन विकास लघुवित्त, ग्लोबल आईएमई बैंक र एनआईसी एशिय बैंकको साढे ४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

यस दिन ३ स्टकको शेयर ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लिबर्टी इनर्जीको शेयरमूल्य सर्वाधिक ९.८० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन छ्याङ्दी हाइड्रोपावर र दोर्दी खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन पिपुल्स पावरको शेयरमूल्य ८.४० प्रतिशत बढेको छ।

यस दिन आदर्श लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो लघुवित्तको शेयरमूल्य २१३ रुपैयाँ घटेर १ हजार ९१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत घटेको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी १० उपसमूहको परिसूचक बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक १.३८ प्रतिशत घटेको छ

प्रकाशित मिति:February 22, 2023