नौ किलो चरेससहित तीन जना पक्राउ

  Sampatti News Online

February 22, 2023

कैलाली- कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले नौ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको थियो। उनीहरुलाई बरामद चरेससहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाएको डीएसपी थापाले बताए।

प्रकाशित मिति:February 22, 2023