दोहोरो अंकले घट्यो नेप्से

Nepal Cover
१७ फाल्गुन २०७९, बुधबार
image

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिनको कारोबार आज बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से २४.४४ अंकले घटेर एक हजार ९ सय ९५ दशमलव ४९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २८ करोड ८३ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १८९ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १६६३.७० रुपैयाँ पुगेको छ ।  

।त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ४ प्रतिशत बढेको छ। कारोबारमा आएको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य यस दिन सर्वाधिक ९.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड ७२ लाख ३७ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर कारोबार भएको छ।

यस दिन १३ वटै उपमूहको परिसूचक घटेको छ। जसमध्ये लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा , निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।