सरकारी कर्मचारीका लागि खाजा खाने समय निर्धारण

  Sampatti News Online

March 2, 2023

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुले खाना खाने बहानमा घण्टौँ बिताउन नपाउने भएका छन् ।

सार्वजनिक बिदा र बिदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी समय व्यवस्थापन गरिएको छ ।

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने बहानामा घण्टौँ समय बिताउने गरेको भन्दै सर्वत्र आलोचना भएको थियो ।

यो समस्या समधान गर्नकाे लागी सरकारले खाजा खाने समय व्यवस्थापन गरेको हो । गत सोमबार मन्त्रिपरिषद्बाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १ः३० देखि २ बजेसम्म ।’

प्रकाशित मिति:March 2, 2023