नवनिर्वाचित उपराष्ट्रपतिको शपथ भोलि

Nepal Cover
५ चैत्र २०७९, आईतवार
image

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार (भोलि) पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन् ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजे उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि भोलि कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यादवलाई सपथ गराउनेछन् ।

यादव गत चैत ३ गते एमाले र जनमतका प्रतिस्पर्धीलाई हराउँदै उपराष्ट्रपति निर्वाचित भएका थिए ।