पाँच डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय

  Sampatti News Online

March 20, 2023

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षकलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए।

उनीहरूलाई गृह मन्त्रालयले एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

बढुवा भएकाहरूमध्येबाट एक जना प्रहरीका नयाँ महानिरीक्षक हुनेछन्।

प्रकाशित मिति:March 20, 2023