शेयर बजारमा दोहोरो अंकले सुधार

  Sampatti News Online

March 20, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको दोस्रो कारोबारको दिन सोमबार दोहोरो अंकको वृद्धि भएको छ । पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको हो।

आज नेप्से २२.६५ अंकले बढेर एक हजार ९ सय ४९ दशमलब ०६ विन्दुमा पुगेको हो । आइतबार नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब २९ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । 

आज कारोबार भएका १७८ कम्पनीको शेयरमूल्य बढेको छ भने ३३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९४१ रुपैयाँ पुगेको छ  । 

नेप्सेका अनुसार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आईएमई जनरल इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६३ लाख भन्दा बढीको कारोबार भएको छ ।      

प्रकाशित मिति:March 20, 2023