न्यौपाने भए कृषि बिकास बैकको उपमहाप्रबन्धक

  Sampatti News Online

March 21, 2023

दाङ जिल्लामा जन्मनुभएका यज्ञप्रकाश न्यौपाने बैकिङ्ग क्षेत्रमा कुशल र अनुभवी व्यक्तित्वको रुपमा चिनिनुहुन्छ । हाल कृषि विकास बैंकको कामु उपमहाप्रबन्धकको जिम्मेवारीमा रहनुभएका न्यौपानेले कृषि विकास बैंकमा झण्डै २३ वर्ष विताइसक्नुभएको छ ।

अर्थशास्त्रमा स्नातकोत्तर र गणित विषयमा स्नातक शिक्षा हाँसिल गर्नुभएको न्यौपाने आफ्नो केही समय शिक्षण पेशामा समेत व्यतित गर्नुभएको थियो ।

उहाँले १ वर्ष बढी त्रिभुवन विश्वविद्यालय महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा शिक्षण सहायक पदमा नियुक्त भई प्राध्यापन गर्नुभएको थियो ।

तर उहाँलाई बैंकर बन्ने रहरले छाडेन । २०५६ सालमा कृषि विकास बैंकमा प्रवेश गर्नुभएका उहाँले २ दशक भन्दा बढीको यात्रामा ऐतिहासिक कार्य सम्पादन गर्न सफल हुनुभएको छ । २०५६/०८/२२ मा अर्थशास्त्री (सातौं तह)मा प्रवेश गर्नुभएका न्यौपानेले २०६५ साउन सम्म वित्त तथा लेखा विभागमा कार्यरत रहनुभयो ।

उहाँले सो पदमा रहँदा वित्तिय विवरण तयार गर्ने तथा नेपाल राष्ट्र बैंकमा वित्तिय रिपोटिङ्ग लगायतको कार्य गर्नुभएको थियो । २०६५ मा शाखा प्रमुख अधिकृतस्तरको द्धितिय श्रेणी नवौ तह (प्रशासन), लेखा विभागको जिम्मेवारीमा रहनुभई कार्यरम्भ गर्नुभयो । उक्त पदमा रहँदा बैंकको वित्तिय विश्लेषणसम्बन्धी कार्य गर्नुभयो ।

त्यसैगरी व्यावसायिक निर्णय लिन बैंक व्यवस्थापननलाई आवश्यक पर्ने विभिन्न प्रकारका वित्तिय सूचना उपलब्ध गराउने कार्यमा नेतृत्व गर्नुभयो ।

उहाँले बैंकको सम्पत्ति तथा दायित्व व्यवस्थापन उपसमितिको सदस्य सचिव भई कार्य समेत गर्नुभयो । साथै बैंकको व्याजदर निर्धारण र बाह्य लेखापरीक्षण कार्यलाई आवश्यक सहजीकरण गर्नुभएको थियो । कृषि विकास बैंकमा उहाँले महत्वपूर्ण कार्यमा नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ ।

मिति २०७३/४/२२ देखि २०७६ /६/१ सम्म कृषि विकास बैंक लि. वित्तय तथा लेखा विभागमा विभागीय प्रमुख पदमा कार्यरत रहनुभयो ।

केन्द्रीय व्यवस्थापन सूचना प्रणालीको प्रारम्भ, बैंकको खाताबन्दी पुस्तिका भर्ने कार्यको अन्त्य गर्ने कार्यमा अग्रसर हुनुभयो । तोकिएको समयमा वित्तिय विवरण तयार गरी पहिलो पटक पौषमसान्तभित्र वार्षिक साधारणसभा सम्पन्न गर्ने कार्यमा आवश्यक कार्य सम्पादन गर्नुभयो ।

त्यसैगरी कृषि विकास बैंक लि. को का.मु. उपमहाप्रबन्धक पदमा मिति २०७६/६/२ गते देखि कार्यरत भएसँगै बैकका विभिन्न विभाग वित्ति तथा लेखा विभाग, शाखा सञ्चालन विभाग, ट्रेजरी विभाग, सूचना प्रविधि विभाग, बजार व्यवस्थापन विभाग, सामान्य सेवा विभाग र भौतिक सम्पत्ति व्यवस्थापनको नेतृत्व गर्नुभएको छ ।

त्यसैगरी बैंकको कार्य सञ्चालक समितिबाट गठन विभिन्न उपसमितिको आधुनिक बैकिङ्ग विस्तार, सञ्चालन जोखिम व्यवस्थापन उपसमिति, पूर्वाधार व्यवस्थापन उपसमितिमा, खरिद व्यवस्थापन उपसमिति, compliance सम्बन्धी उपसमिति, AML/CFT सम्बन्धी उपसमितिलगायत विभिन्न उपसमितिहरुको संयोजकको भूमिकामा कार्यसम्पादन गर्न सफल हुनुभएको छ ।

बैंकको सूचना प्रविधि सम्बन्धी नीति, शाखा सञ्चालन कार्यविधि, POS तथा शाखा रहित बैकिङ्ग सञ्चालन कार्यविधि, एटिएम(ATM) सञ्चालन तथा व्यवस्थापन कार्यविधि बैंकको सञ्चालन समितिबाट स्वीकृत गराउन आवश्यक कार्यका साथै बैंकमा विभिन्न आधुनिक बैकिङ्ग Product 5 in one लागु गर्ने कार्यमा नेतृत्व गर्नुभएको थियो ।

त्यसैगरी बैंकले प्रयोग गर्दै आएको सफ्टवेयरको स्तरोन्नतिसम्बन्धी आवश्यक कार्य गर्ने खेल्नुभएको थियो भने बैंकले दिएको जिम्मेवारी तल्लिन भई सम्पादन गर्दै आउनुभएको छ ।

सो बैंकको प्रमुख कार्यकारी अधिकृतका निम्ति उहाँले पनि दर्खास्त हाल्नु भएपछि बैक भित्र बाट नै उहाँकै नेतृत्व आउनु पर्छ भन्ने लबिङ सुरु भएपनि उहाँ छनोट हुन सक्नु भएन।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिएपनी उहाँ कृषि बिकास बैकको सिइओ बन्न पाउनुभएन।

तर बैंक संचालक समितिको चैत १ गतेको बैंठकले नेउपानेलाइ उपमहाप्रबन्धकमा बढुवा गरेको छ।अब लामो समय कृषि बिकास बैकले नेउपाने बाट बिज्ञता सहितको सेवा पाउने देखिन्छ ।

प्रकाशित मिति:March 21, 2023