२९ जना कर्मचारी परे विभागीय कारवाहीमा

  Sampatti News Online

March 21, 2023

काठकाडौं । यो आर्थिक बर्षमा विभागीय सजायमा २९ कर्मचारी परेका छन् । लोक सेवा आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार यो बर्ष विभिन्न तह र विभिन्न मन्त्रालय गरि २९ जना कर्मचारीहरु विभागीय सजाय परेका हुन् ।

जसमध्य सबै भन्दा बढी स्वास्थ तथा जनसंख्या मन्त्रालयका कर्मचारी छन् । स्वास्थ्य मन्त्रालयका नौं जना कृषि तथा पशुपन्छी विकास मन्त्रालयका आठ जना, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तीन जना, अर्थ र संस्कृत पर्याटन मन्त्रालयका दुई दुई जना, उर्जा, वन, सामान्य प्रशासन, उद्योग, भौतिक पूर्वाधारका एक एक जना विभागीय कारवाही भएका हुन् ।

जसमध्य उपसचिव तीन जना, शाखा अधिकृत चौध जना, नायब शुब्बा सात जना, पाँचौं तहका तीन जना र खरिदार दुई जना विभागीय कारवाही परेका छन् । उनीहरुलाई फरक फरक सजाय तोकिएको छ । नसिहत दिनेमा छ जना, तलब बृद्धि रोक्कामा तीन जना, वढुवा रोक्कामा एक जना, सेवावाट हटाउनेमा सोह्र जना, सेवाबाट बर्खास्त हुनेमा तीन जना रहेका छन् ।

प्रकाशित मिति:March 21, 2023