सहसचिवको नतिजा सार्वजनिक (नामावलीसहित)

  Sampatti News Online

March 22, 2023

काठमाडौं । लोकसेवा आयोगले लिएको सहसचिवको पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
लोकसेवाले गत पुस २५ र २६ गते लिएको खुल्ला प्रतिस्पर्धातर्फ लिखित परीक्षामा उत्तीर्णको नतिजा सार्वजनिक गरेको हो ।

जसअनुसार वन, जनरल फरेष्ट्री सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २० जना रहेका छन् । शक्षा, शिक्षा प्रशासन सेवातर्फ तीन जना छनोट भएका छन् । १ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या २२ जना रहेका छन् । स्वास्थ्य, मेडिसिन, नेफ्रोलोजी सेवातर्फ कोहि पनि छनोट भएका छैनन् । स्वास्थ्य, मेडिसिन, ट्रपिकल मेडिसिन सेवातर्फ एक जना छनोट भएका छन् । एक जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित एक जना नै रहेका छन् । स्वास्थ्य, डर्माटोलोजी/लेप्रोलोजी, भेनरल डिजिजेज सेवातर्फ चार जना छनोट भएका छन् । २ जना माग गरिएकोमा लिखित परीक्षामा सम्मिलित संख्या १६ जना रहेका छन् ।

उत्तीर्ण उम्मेदवारलाई सूचना प्रकाशित भएको सात दिनभित्र पासपोर्ट साइजको २ कपी फोटो, आवश्यक न्यूनतम योग्यता यकिन हुने कागजातसहित दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरेर दरखास्त व्यवस्थापन केन्द्र अनामनगरमा प्रमाणपत्रको प्रतिलिपि आफैंले प्रमाणित गरी रुजू गराउनसमेत आयोगले जानकारी गराएको छ ।

प्रकाशित मिति:March 22, 2023