बढ्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?

Nepal Cover
९ चैत्र २०७९, बिहीबार
image

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला २ हजार रुपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार २सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो।