काठमाडौंमा दुर्घटनामा परि बाराका चन्दर दाशको मृत्यु

  Sampatti News Online

March 24, 2023

काठमाडौं । बारा घर भएर काठमाडौं बसेर मागेर गुजारा चलाउँदै आएका एकजना गोसाईं थरको मानिसको गाडिको ठक्कर बाट मृत्यु भएको छ।
बारा करैयामाई गाँउ पालिका ७ का राम अयोध्या गोसँईको छोरा वर्ष ४७ का चन्दर गोसाईको काठमाडौं तिलगंगा आँखा अस्पताल अगाडी बा १७ च ५८६ नम्बरको दूध बोक्ने गाडीको ठक्कर बाट मृत्यु भएको हो।
बिहीबार विहान ५ बजे पशुपति मंदिर छेउ डेरा बाट निकलेर माग्न जाने क्रममा मूल बाटोमा गाडीको ठक्कर बाट उनको मृत्यु भएको हो। घटना बारे परिवारका मानिसले बिहीवार साँझ मात्र जानकारी पाएका थिए। गोसाईंलाई ठक्कर दिने गाडी र चालक भक्तपुर चामु नगरपालिका ५ का दिनेश नगरकोटी प्रहरी बिट गौशालाको नियन्त्रणमा रहेको छ।
मृतकको शव पष्टमार्टमका लागि शिक्षण अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ। मृतक चन्दर गोसँई विताग १० वर्षदेखि काठमाडौँ बसेर मागेर गुजारा चलाउँदै आएका थिए। मृतकको श्रीमती मात्र रहेको उनका भाई राम एकबाल गोसँईले बताएका छन। दुर्घटनामा सहचालकको खुटा भाचेको छ।

प्रकाशित मिति:March 24, 2023