काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी)मा वसन्त बहादुर कुँवर नियुक्त भएका छन् ।
शुक्रबार दिउँसो ४ बजे मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आजैबाट अवकाश पाएपछि नयाँ आईजिपी नियुक्त गरिएको हो।
शुक्रबारको मन्त्रीपरिषदले डिआईजी पदबाट हालसालै मात्र बढुवा भएका पाँच जना एआइजीहरुमध्येबाट वारिताको क्रमको एक नम्बरमा रहेका बसन्त कुवँरलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो।
हालै एआइजीमा बढुवा भएका डीआईजीहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुन।
पुराना एआईजी सहकुलबहादुर थापा, उत्तम सुवेदी र दिवेश लोहनीले पनि आईजीपी सिंहसँगै आजैबाट अवकाश पाउने हुँदा नवनियुक्त ५ एआईजी मध्येबाट आईजिपी बनाइएको हो।
प्रहरी नियमावली अनुसार ३० बर्षे सेवा अवधिका कारण डिआइजी र एआजीहरुले पूर्ण अवधि काम गर्न पाएका छैनन्। सेवा अवधि सकिन लागेपछि हतारहतार गरेर उनीहरुको पदोन्नती गर्नुपर्ने र आइजिपीमा बनाउनुपर्ने बाध्यता छ। यसले प्रहरी संगठनको नेतृत्वको कार्यक्षमतामा प्रश्न उठिरहेका छन्। माथिल्लो पदको अनुभव नलिई एक पटक नेतृत्व सम्हाल्नुपर्ने अवस्था छ।