सशस्त्र प्रहरीका इन्सपेक्टर भट्टलाई २०१ किलो माला लगाएर  अभिनन्दन

  Sampatti News Online

March 26, 2023

वीरगन्ज, १२ चैत । वीरगंज स्थित सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टलाई २०१ किलोको माला सहित नागरिक अभिनन्दन गरिएको छ । नेपाल १३ नम्बर गण हेडक्वाटर पर्सा मातहतको सशस्त्र प्रहरी बिओपी वीरगन्ज भन्सार कार्यालयमा कार्यरत रहनुभएका भट्ट सरुवा भएर सशस्त्र प्रहरी प्रधान कार्यालय मानव संसाधन व्यावस्थान विभागमा सरुवा भएर जान लागेकोले उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

सशस्त्र प्रहरी निरीक्षक भट्टलाई प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले २०१ किलोको मालाले नागरिक अभिनन्दन सहित विदाई गरेको हो ।

२०७९ साउन ३० गते सशस्त्र प्रहरी वोर्ड आउटपोष्ट (बीओपी) वीरगन्ज भन्सारमा सरुवा भएका आउनुभएका भट्टको कार्यकाल अत्यन्त सहयोगी र सौहार्दपूर्ण रुपमा बितेको र उहाँको कार्यशैली नागरिकमैत्री भएकोले नागरिक अभिनन्दन गरिएको हो ।

सरकारले सशस्त्र विओपीहरुमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको दरबन्दी कायम गरेकोले छोटो समयमा नै सशस्त्र प्रहरी निरीक्षक भट्टको सरुवा भएको हो ।

उहाँ वीरगन्जमा कार्यरत रहँदा सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणको साथै स्थानीयस्तरका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय रुपमा सहभागि रहनुभएको थियो ।

प्रकाशित मिति:March 26, 2023