March 27, 2023
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको दोस्रो कारोबारको दिन आज सोमबार नेप्से १७.१७ अंकले बढेर एक हजार ९ सय ६ विन्दुमा पुगेको हो । आइतबार नेप्से २६.८७ अंकले घटेर एक हजार ८ सय ८८ दशमलब २७ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से बढेसंगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेप्सेमा एक अर्ब ३८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार एक अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १६७ कम्पनीको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार घटेको बजारमा तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४३०.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३९७ रुपैयाँ पुगेको छ भने कालिञ्चोक दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १६२ रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । आजै यस संस्थाको लाभांशमा राष्ट्र बैंकले कैची लगाएको सूचना सार्वजनिक भएको थियो ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीकोा यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन जीवन विकास लघुवित्त र नबिल बैंकको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको लघुवित्त उपसमूहको परिसूचक घटेको हो।
प्रकाशित मिति:March 27, 2023
November 23, 2024