काठमाडौं । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। आज नेप्से १२.१० अंकले बढेर एक हजार ९ सय १८ विन्दुमा पुगेको छ ।
त्यस्तै, आज एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४७३.१० रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४३७.२० रुपैयाँ पुगेको छ भने सिर्जनशिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १३१३.३० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ६ करोड १५ लाख भन्दा बढीको कारोबार भएको छ ।