यस्तो छ मन्त्रीहरूको वरियता

Nepal Cover
१७ चैत्र २०७९, शुक्रबार
image

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौंपटक विस्तार गरेको मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूको वरियता सार्वजनिक भएको छ। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीपछि दोस्रो वरियतामा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का रहेका छन्। त्यसपछि मात्रै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन्।

त्यस्तै चौथो वरियतामा कृषिमन्त्री डा. बेदुराम भुसाल, पाँचौंमा शिक्षामन्त्री अशोककुमार राई, छैटौंमा श्रममन्त्री शरतसिंह भण्डारी, सातौंमा अर्थमन्त्री प्रकाशशरण महत र आठौंमा महिला बालबालिकामन्त्री महिन्द्र राय यादव रहेका छन्।