रसुवागढी–केरुङ नाका : आजदेखि पूर्णरूपमा सञ्चालनमा आउँदै

  Sampatti News Online

April 2, 2023

काठमाडौँ । रसुवागढी-केरुङ नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार शनिवारबाट उक्त नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । 

गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बैठकले रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि पूर्णरूपमा सञ्चालन गर्ने सहमति गरेको थियो, जसअनुसार आजबाट तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन खुला हुनेछ। 

कोरोना महामारीपछि लामो समय बन्द रहेको यो नाका अहिले आंशिक रूपमा सञ्चालन भइरहेको छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि मे (may) १ देखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ। 

चीनसँगका यी दुई नाका पूर्णरूपमा नचल्दा चीनबाट नेपालमा हुने आयातका लागि तेस्रो देशको बाटो प्रयोग गर्नुपरेको थियो, जसले समय र मूल्य बढेर व्यवसायी र उपभोक्ता मारमा परेका थिए।नेपाली पक्षले काठमाडौं– ल्हासा सिधा उडान सकेसम्म चाँडो पुनः सञ्चालन गर्न पनि अनुरोध गरेको छ। 

प्रकाशित मिति:April 2, 2023