नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

  Sampatti News Online

April 2, 2023

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २० अंक घटेर १८८८.५५ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.७२ अंक घटेको छ भन फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोेट इण्डेक्स १.३३ अंक घटेको छ।

नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। गत बिहीबार करिब ९० करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६० स्टकको ३२ हजार ४१४ पटकको कारोबारमा १ अर्ब २० करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन कालिञ्चोक दर्शन लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ९.९६ प्रतिशत बढेर २१३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। यस दिन सिटिजन्स म्युचुअल फण्ड १ को इकाई मूल्य ६.१० प्रतिशत बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन स्वाभिमान लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.६१ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ५ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्को साढे ४ करोडको शेयर कारोबार भएको छ।

आइतबार १३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन लघुवित्त, लगानी, जलविद्युत, वित्त, विकास बैंक र बैंकिङ्ग उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:April 2, 2023