रोकिएन नेप्सेमा गिरावट

  Sampatti News Online

April 4, 2023

काठमाडौं । गत साताको अन्तिम कारोबार दिनदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ। मंगलबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ५.२० अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।    

त्यस्तै, आज ९१ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८६ कम्पनीको शेयरमूल्य बढेको छ भने ११६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २५७.८० रुपैयाँ पुगेको छ । केहि दिन यता यस कम्पनीको शेयरमूल्यमा निरन्तर वृद्धि भइरहेको छ ।      

नेप्सेका अनुसार ८.५ प्रतिशत प्रभु बैंक डिभेञ्चर लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ९.२९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ३ करोड ३६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति:April 4, 2023