शेयर बजारमा सामान्य अंकको सुधार

  Sampatti News Online

April 5, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारका चौथो दिन बुधबासामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलब ०७ विन्दुमा पुगेको छ । अर्थमन्त्री रामशरण महतको नियुक्ति पछि पहिलो पटक शेयर बजारमा सुधार देखिएको छ ।    

त्यस्तै, आज ८१ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका १४६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता २८३.५० रुपैयाँ पुगेको छ ।      

नेप्सेका अनुसार सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.१४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम सिमेन्टको भएको छ । यस कम्पनीको आज ६ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।   

प्रकाशित मिति:April 5, 2023