थ्रीस्टार हाइड्रोपावरडलाई आईपीओ निष्काशन गर्न बोर्डले दिए अनुमति

  Sampatti News Online

April 5, 2023

काठमाडाैं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएका छन् । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न चैत १७ गते अनुमति दिएको हो ।

कम्पनीले हाल कायम जारी पूँजीको २५ प्रतिशत अर्थात १२ करोड ३१ लख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीले संस्थापकहरुबाट जारी पूँजीको ७५ प्रतिशत अर्थात ३६ करोड ९३ लाख ७५ हजार रुपैयाँ पूँजी संकलन गरी सकेको छ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४९ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले खोटांङ जिल्लाको हलेसी टुवाचुङ्ग नगरपालिकामा ६.६०० मेगावाटको क्षमताको सापसुप खोला स्मल हाइड्रोइलेक्ट्रीक आयोजना निर्माण गर्दैछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति:April 5, 2023