दुई दिनभित्र सरकारले पूर्णता पाउने: प्रधानमन्त्री प्रचचण्ड

  Sampatti News Online

April 5, 2023

 काठमाडौं । सरकार गठन भएको एक सय दिन पूरा भइसक्दा पनि पूर्णता नपाएको भन्दै प्रधानमन्त्री प्रचण्डसहित सत्तारुढ गठन्धनको आलोचना भइरहेका बेला सो दाबी गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका छन् ।

सातौँपटक पुनर्गठन हुँदा पनि सरकारले पूर्णता नपाएपछि आलोचित बनेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार दुई दिनभित्र सरकारले पूर्णता पाउने दाबी गरेका हुन् ।  माओवादी केन्द्र केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको दुई दिनभित्रमा पूर्ण रूपमा सरकार विस्तार हुने जानकारी दिएका हुन् ।

प्रकाशित मिति:April 5, 2023