न्यायाधीश गिरि विरुद्ध बलात्कार मुद्दा  दर्ता

  Sampatti News Online

April 5, 2023

काठमाडौं २२ चैत । आम नागरिकलाई अन्याय भयो भने जाने निकाय अदालत कै न्यायाधीश विरुद्ध बलात्कार मुद्दा  दर्ता भएपछिकाे घटनाले आम मानिस बीच तरंग पैदा गरेको छ।

न्यायलय जहाँ बाट सत्यतथ्यका आधारमा न्याय पाइन्छ भन्ने जनभावना अझै जिवित छ। तर न्याय परिषदका कार्यरत एउटा जिम्मेवार ब्याक्तित्वलाई त्यो पनि आफनै श्रीमतीको उजुरीको आधारमा पक्राउ गरिनुले हाम्रो समाजमा हुने गरेका अपराधहरुका बारेमा धेरै कोणबाट विश्लेषण समेत सुरुभएको छ।

प्राप्त जानकारी अनुसार कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीस भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत कपिलवस्तुले अनुमती दिएको हो ।

न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै उनकी कान्छी श्रीमतीले जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्।

पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन तर पछि महिला अधिकारकर्मीहरुको दवावमा मुद्दा दर्ता भएको थियो । पक्राउ पूजी जारी गरिएका न्यायाधीस गिरी हाल न्यायपरिषदमा कार्यरत छन् ।

प्रकाशित मिति:April 5, 2023