नेप्सेमा ८.२८ अंकको गिरावट

  Sampatti News Online

April 6, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन बिहिबार आज नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको हो ।     

त्यस्तै, आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।   

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११.८० रुपैयाँ पुगेको छ । यसका साथै आज सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य पनि ९.९४ प्रतिशतले बढेको छ ।      

नेप्सेका अनुसार सामलिङ पावर कमपनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.४३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 6, 2023