एकल आमाका सन्तानलाई मावलीकै थर राखेर जन्मदर्ता गर्न निर्देशन (सुचनासहित)

  Sampatti News Online

April 6, 2023

काठमाडाैं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल आमाका सन्तानको मावलीकै थर राखेर बालबालिकाको जन्मदर्ता गर्न निर्देशन दिएको छ । 

सरकारद्वारा बाबुको ठेगान नभएको र एकल महिलाबाट जन्मेको बच्चाको जन्मदर्ताको कागजपत्र बनाउँन निर्देशन जारी गरेको छ । गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ६ हजार ७४३ वटै वडा कार्यालयका स्थानीय पञ्जिकाधिकारीलाई ४ बुँदे सर्कुलर पठाएर सो निर्देशन दिएको हो ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानसँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानमा जन्मदर्ता गरिदिने,’ विभागको निर्देशमा भनिएको छ ।

‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशको दोस्रो बुँदामा भनिएको छ ।

जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा जन्मदर्ता रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्मदर्ता बनाउन पनि विभागले भनेको छ ।

प्रकाशित मिति:April 6, 2023