गठन भयो २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति (सूचीसहित)

  Sampatti News Online

April 6, 2023

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति सदस्यहरूको नाम टुंगिएका छन् ।

सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहित बिहीबारको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएको थियो । यो समितिले सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई सुझाव दिने काम गर्छ ।

प्रतिनिधिसभामा दलहरुको प्रतिनिधित्वका आधारमा नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना र माओवादी केन्द्रबाट २ जना सदस्य कार्यव्यवस्था समितिमा रहनेछन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा, एकीकृत समाजवादी, जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीबाट एक-एक सदस्य रहनेछन् । आमजनता पार्टी र स्वतन्त्र सांसदबाट एकजना सदस्य छन् ।

समिति सदस्य रहेकाहरूको नाम यसप्रकार छ-

१. अजय कुमार चौरसिया

२. अनिता देवी

३. गंगाराम चौधरी

४. जीवन परियार

५. तारा लामा तामाङ्ग

६. नागिना यादव

७. पदम गिरी

८. प्रदिप यादव

९. महेश कुमार बर्तौला

१०. मेटमणि चौधरी

११. रमेश लेखक

१२. रामप्रकाश चौधरी

१३. रामहरि खतिवडा

१४. रुपा सो.शी. (चौधरी)

१५. लिलानाथ श्रेष्ठ

१६. विद्या भट्टराई

१७. सन्तोष परियार

१८. सरिता प्रसाई

१९. हितराज पाण्डे

२०. ज्ञानबहादुर शाही

प्रकाशित मिति:April 6, 2023