नेपाली सेनामा जागिर खुल्यो, डाक्टरदेखि पण्डितसम्म माग (सूचिसहित)

  Sampatti News Online

April 7, 2023

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन आह्वान गरेको छ ।

सेनाले डाक्टर, नर्स, कम्प्युटर, लेखा, पण्डित, प्लम्बर, भेटेरीनरीदेखि भिडियो सम्पादनसम्मका पदहरुमा भर्ना खुलाएको छ । यसैगरी व्याण्ड, हवाई सम्भार, एभिएसन स्टोर, ग्राउण्ड ह्याण्डलिङ, डिस्प्याचर लगायतका पदमा भर्नाका लागि पनि सेनाले आवेदन आह्वान गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि सेनाले रिक्त रहेका प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि आज एक सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले यी सबै पदका लागि अनलाइनबाट फाराम भर्न सकिनेछ । आगामी वैशाख २३ गतेसम्म दर्खास्त दिन सकिनेछ ।

हेर्नुस् सूचना :

प्रकाशित मिति:April 7, 2023