प्रहरीका दुई हजार ४५ कर्मचारीको सरूवा (सूचीसहित)

  Sampatti News Online

April 7, 2023

काठमाडाैं । नेपाल प्रहरीले एकै पटक दुई हजार ४५ कर्मचारीको सरूवा गरेका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका अनुसार,कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मको सरुवा गरेको हो।

सरुवा हुनेमा प्रहरी कार्यालय सहयोगी,प्रहरी जवानदेखि प्रहरी नायब निरीक्षक,प्रहरी बरिष्ठ नायव निरीक्षकसम्म रहेका छन् । सबैभन्दा बढी प्रहरी जवानहरु,प्रहरी सहायक हवल्दार,प्रहरी कार्यालय सहयोगीहरु सरुवा भएका छन् ।
सूची अनुसार, प्रहरी कार्यालय सहयोगीहरु ५३२ जना, प्रहरी जवानहरु ६८५ जना, प्रहरी सहायक हवल्दार ५३८ जना, प्रहरी हवल्दार १७३ जना र प्रहरी वरिष्ठ हवल्दार ३९ जनाको सरुवा भएको हो।

त्यसैगरी प्रहरी सहायक निरीक्षक ५७ जना, प्रहरी नायव निरीक्षक १६ जना र प्रहरी वरिष्ठ नायव निरीक्षकहरु ५ जनाको एकैपटक सरुवा भएको छ।

प्रकाशित मिति:April 7, 2023