५ घरमा आगलागी,१७ लाख बढीको क्षती संगै रौतहटको सम्पुर्ण पालिकामा दमकल खरिद गर्न पहल 

  Sampatti News Online

April 9, 2023

रौतहट २५  चैत। रौतहटको दक्षिणिभेग राजपुर नगरपालिका ९ बैरिया गाँउमा ५ वटा घरमा आगलागी हुँदा लाखौं को क्षति भएको छ। स्थानिय रुपनरायन साह कानुको घरदेखि शुक्रवार अपरान्ह सुरुभएको आगलागी बाट गणेश साह कानु,उधो साह कानु,महेन्द्र साह कानु,राजेन्द्र साह कानु  घर पूर्णरुपमा जलेको थियो।

आगलागीमा अन्न,लताकपडा धान, जलेर १७ लाख ३४ हजार ७०० रुपैया बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आगलागी हुँदा गौर बाट दमकल आउँदा ढीलो भएकाले समयमा नियन्त्रण हुन नसकि पूर्ण क्षति भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनाको टोली र गाउँले मिलेर झन्डै ४ घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

यस्ताे अवस्था राजपुरको मात्र नभई रौतहटको १८ मध्ये १६ स्थानियतहको रहेको छ। सदरमुकाम गौर,र चन्द्रपुर नगरपालिकामा मात्र बारुणयन्त्र दमकल रहेको छ। गौर चन्द्रपुर बाहेक अन्य कुनै पालिकामा आगलागीको घटना हुँदा ३० किलोमिटर टाढा बाट दमकल नपुगदै घरहरु जलेर खरानी भएकोे घटना दर्जनौं पटक भएकोे पीडितहरुले गुनासो गर्दैआएका छन ।

जिल्लाको समस्यालाई विचार गर्दै दैवि प्रकोप उदार समितीका अध्यक्ष सिडियाे धर्मेन्द्र कुमार मिश्रको  अध्यक्षतामा शुक्रवार बसेको बैठकले सबै स्थानीय तहमा वारुणयन्त्र दमकल खरिदका लागि पहल गर्ने निर्णय गरेको  छ। एउटा पालिकाले दमकल खरिद तथा सञ्चालन गर्न सक्षम नभए दुईवटा पालिकाले मिलेर खरिदका लागि पहल गर्ने, बारुण यन्त्र खरिद नहुन्जेल सम्म टयांकरमा  पानी बोकी तयारी अवस्थामा राख्न सबै जसो पालिकालाई अनुराेध गर्ने बैठकले निर्णय भएको थियो।सो बैठकमा गाैर नगरपालिकाका नगर प्रमुख शम्भु साहले आगलगीका घटना नियन्त्रण गर्न नेपाल आर्मीको ठुलो सहयोग भएको बताए । 

बैठकमा नेपाल रेडक्रस सोसाइटी का जिल्ला अध्यक्ष राजकिशोर यादवले आगलगी पिडित ५० जना परिबारलाई सहयोग गर्ने समान २४ सै घण्टा हामी संग स्टोक रहेको बताएका थिए।  रौतहट प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले विपतबाट यस आर्थिक वर्षमा हाल सम्म ८ करोड ४६ लाख, गत आबमा ६ करोड ५७ लाख रुपैया बराबरको धनमाल क्षेती भएको बताए।

राष्ट्रिय अनुसन्धानका एसपी चन्दन झाले विपद्व पछिको अवस्था कसरी टैकल गर्ने, राहत वितरणमा समस्या हुन नदिन अपनाउनु पर्ने रणनीतिक तयारीका बारे सुझाव राखेका थिए । त्यसैगरी बैठकमा प्रादेशिक अस्पताल गाैरका डा .मुरारी ठाकुरले ईमेर्जेन्सीमा डिजाष्टर मैनेजमेन्टबाट सपोर्ट मागेको सहभागि नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झाले बताउनु भयो।

प्रकाशित मिति:April 9, 2023