रोकिएन नेप्सेमा गिरावट

  Sampatti News Online

April 9, 2023

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज नेप्से २८.३१ अंकले घटेर एक हजार ८ सय ३८ दशमलब ४८ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ८.२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकममा भने सुधार देखिएको छ । आज एक अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा  ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको भएको थियो । आज कारोबार भएका १५ कम्पनीको शेयरमूल्य बढेको छ भने २०१ कम्पनीकोे शेयरमूल्य घटेको छ ।

नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२.९० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७.७५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको आज ५ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।  

प्रकाशित मिति:April 9, 2023